News & Events

🎉 सिटी एक्सप्रेस मनी ट्रान्सफरले सफलताको १७ मनाएको छ! 🎉

Written by Bir Tamang on July 19, 2023. Posted in News & Events.

सिटी एक्सप्रेस मनी ट्रान्सफर गत असार २७ गते १६औं बसन्त पार गरेर १७औं वर्षमा प्रवेश गरेको छ।

१७औं वार्षिकोत्सवको अवसरमा सिटी एक्सप्रेसले ब्राण्ड एम्बेस्डरमा चर्चित हास्य कलाकार जितु नेपाललाई नियुक्त गरेको छ।

जीतु नेपालले सिटी एक्सप्रेस मनी ट्रान्सफरको ब्राण्ड तथा यसको मूल्य एवम् मान्यतालाई सशक्त प्रतिनिधित्व गर्नेछन्।  

कम्पनीका प्रबन्ध निर्देशक चन्द्र टण्डन र हास्य कलाकार जितु नेपालले  काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमकाबीच सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। 

कम्पनीले १७औं वार्षिकोत्सवकै उपलक्ष्यमा आयोजित कार्यक्रममा 'रक्तदान गर्नुहोस्, जिवन दान पाउनुहोस्' भन्ने  मुल नाराका साथमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खुला रक्तदान कार्यक्रमको आयोजना पनि गरेको थियो।


सिटी एक्सप्रेसको कमलादीस्थित आफ्नै मुख्य कार्यालयमा उल्लेख्य सहभागिताका साथमा रक्तदान गरिएको थियो।

कम्पनीले रेमिटेन्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १७ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ।