विदेशबाट सिटी आयो, दसैं तिहारलाई गोल्डेन बनायो’ योजनाको उपहार हस्तान्तरण
’विदेशबाट सिटी आयो, दसैं तिहारलाई गोल्डेन बनायो’ योजनाको उपहार हस्तान्तरण गरिएको छ । योजना अन्तर्गत मेगा बम्पर उपहार विजेता साउदी अरबबाट रेमिट्यान्स पठाउने जीवन रायमाझी
लाई ५ तोला सुन हस्तान्तरण गरिएको छ ।
युकेबाट रेमिट्यान्स पठाउने नुना गुरुङ र कोरियाबाट पठाउने रीनाकुमारी तामाङ लाई १– १ तोला सुन हस्तान्तरण गरिएको छ । । मलेसियाबाट रेमिट्यान्स पठाउने पुरण रोका, जापानबाट पठाउने रविन्द्र मानन्धर र कुवेतबाट पठाउने सुनिता दराईलाई १०–१० तोला चाँदी हस्तान्तरण गरिएको छ । भदौ १५ गते दसैं, तिहार र छठलाई लक्षित गर्दै उपहार योजना घोषणा गरिएको थियो ।
सोही योजना अन्तर्गत लक्की ड्र मार्फत हरेक महिना १ जनालाई १ तोला सुन, हरेक हप्ता १ जनालाई १० तोला चाँदी साथै ६३ दिन लगातार हरेक दिन १६ जना विजेताहरुलाई आकर्षक गिफ्ट ह्याम्पर र अन्त्यमा एक जनालाई मेगा बम्पर ५ तोला सुन उपहार प्रदान गरिएको छ ।
Prize handover ceremony of the scheme ‘बिदेशबाट सिटी आयो, दसैं तिहारलाई गोल्डेन बनायो’ has been conducted. Under this scheme, Jeevan Rayamajhi, who had sent remittances from Saudi Arabia had won bumper prize 5 tolas of gold.
Similarly, Nuna Gurung and Reena Kumari Tamang who had sent remittance from UK and Korea respectively, had received 1 tola of gold each. Puran Roka, Ravindra Manandhar and Sunita Darai who had sent remittances from Malaysia, Japan and Kuwait respectively, had received 10 tola silver each. On 15th August, City Express had announced a scheme targeting Dasain, Tihar and Chhath festivals in Nepal.